अर्घाखाची, चैत १३ । अर्घाखाँची सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको प्रसारण लाईनको उद्घाटन गरिएको छ ।
कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन र सबस्टेसन अन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको प्रसारण लाईन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालद्वारा उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा मन्त्री भुसालले अर्घाखाँचीमा निर्माण भएको पहिलो १३२ केभीको उच्च भोल्टेजको प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएकोले यस क्षेत्रमा विद्युत आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने र समग्र विकासका लागि मेरुदण्ड तयार भएको बताइन् । जिल्लामाझ्याप्प झ्याप्प वत्ति गएको भन्दै गुनासो गर्ने गरेको उल्लेख गर्दै भुसालले अब त्यस्तो समस्या समाधान भएकोले वत्ति बाल्न मात्रै नभएर खाना पकाउन पनि विद्युत प्रयोग गर्न आग्रह गरिन् ।
‘हामीसँग पर्याप्त मात्रामा रहेको पानीलाई विद्युत र सिंचाइमा रुपान्तरण गरी विद्युत उत्पादन गरौं, कृषि गरौं आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अगाडि बढौं ।’ उनले भनिन, ‘अमेरिकी डलर बिक्री गरी भारतीय रुपैयाँ खरिद गरेर आयात गरिएको खाना पकाउने ग्याँसलाई विद्युतको प्रयोगमार्फत विस्थापित गरौं ।’
उक्त कार्यक्रममा बोल्ने क्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरेले, प्रधानमन्त्री केपि ओलि र उर्जामन्त्री टोप बहादुर रायमाझीको पालामा निर्णय भएको भन्दै बोले पश्चात तत्काल बोल्ने क्रममा कार्यक्रमका अध्यक्षता गरेका विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बोल्ने क्रममा केपि सरकारको पालामा नभएर ६६/६७ साल डिपिआर सुरु गरेको र प्रचण्ड प्रधानमन्त्री र उर्जामन्त्री जनार्दन शर्मा भएको अवस्थामा बोलपत्र आह्वान गरेको बताएका छन ।
कार्यक्रममा शीतगंगा नगरपालिकाका मेयर सूर्य प्रसाद अधिकारी, उपमेयर टीका रेस्मी, सन्धिखर्क नगरपालिकाका मेयर कमल भुसाल, उपमेयर ठाकुर कुमार विक, बिधुत प्राधिकरणका सञ्चालक समिति सदस्य भक्त बहादुर पुनको उपस्थिति रहेको थियो ।







