काठमाडौँ, चैत्र २६ । सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
पाल्पाको तानसेनस्थित रानीमहलमा शनिबार भएको फाइनल खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । पुलिसले लुम्विनीलाई पहिलो सेट २१-८ र दोस्रो सेट २१-१७ ले पराजित गरेको हो ।
प्रतियोगिताको विजेता बनेसँगै पुलिसले १ लाख नगद पुरस्कारसहित सम्मान पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता लुम्बिनी प्रदेशले ५० हजार नगद पुरस्कारसहित सम्मान पत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार प्राप्त गरेका छन् ।
सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा ७ प्रदेश, दुई विभागीय टोली पुलिस र एपीएफ गरि कुल ९ वटा टोलीको सहभागिता रहेको थियो ।







