• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रूपन्देही–११ ले जित्यो प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि


  •    सुचना डबली डेस्क / २०७९, ३ बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख ३ । प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली रूपन्देही–११ ले उचालेको छ ।

    रूपन्देहीले आज सम्पन्न फाइनल खेलमा मलेसिया–११ लाई सात विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । १४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि प्रज्वल थापाले ७१ रनको उत्कृष्ट पारी खेले । १७.१ ओभरमा मोहम्मद वाफिकले विकेटकिपर अमर जुहदी हजलानबाट क्याच गराउनुअघि प्रज्वलले ६१ बलको सामना गर्दै आठ चौका र दुई छक्का प्रहार गरे ।

    सन्दीप रजालीले ४१ र देव खनालले १२ रन जोडे । दोस्रो विकेटका लागि प्रज्वल र सन्दीपले ११२ रनको शतकीय साझेदारी गरेका थिए ।मलेसियाका लागि शार्विन मुनिएन्डी, मोहम्मद वाफिक र सैयद अजिजले एक–एक विकेट हात पारे ।

    यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेरे ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । मलेसियाका लागि नजरिल रहमानले सर्वाधिक ३६ रनको योगदान दिए । उनले २२ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

    अहमद जुबैदी जुल्किफ्लेले २६ र सैयद अजिजले २० रन बनाउँदा मोहम्मद अमिर १८ रनमा अविजित रहे ।रूपन्देहीका लागि बसिर अहमदले दुई तथा कृष्ण कार्की, विक्रम भुसाल, रूपेश कुर्मी र विशाल विक्रम केसीले एक–एक विकेट हात पारे । मलेसियाले उत्तर प्रदेश–११ तथा रूपन्देहीले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थिए । जोहरा इन्टरनेश्नल प्रालिले अस्ट्रेलियन महान क्रिकेटर शेन वार्नको सम्झनामा आयोजना गरेको प्रतियोगितामा ४ विदेशीसहित ८ टोलीको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.