काठमाडौँ, वैशाख ५ । नेकपा (माओवादी केन्द्र) दाङका इन्चार्ज जीवन गौतमले चुनावको मुखमा पार्टी परित्याग गरेका छन् ।
सोमवार दाङमा पत्रकार सम्मेलन गरी पार्टी त्याग गरेको घोषणा गरेका हुन् । उनी २०६५ मा एकता केन्द्र मसालबाट माओवादीमा आबद्ध भएका थिए । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका गौतम घोराही उपमहानगरपालिकाको मेयरको दाबेदार थिए ।
उनले माओवादीले एमसीसी पास गरेपछि आफ्नो अस्तित्व समाप्त समेत गरेको बताए ।







