काठमाडौँ, वैशाख ९ । नेकपा माओवादी केन्द्रले चंखेली गाउँपालिका अध्यक्ष पदका लागि गोलाप्रथा गरेर उम्मेदवार छनोट गरेको छ।
अध्यक्ष पदका लागि आठ जना आकांक्षीको नाम उक्त पार्टीको गाउँपालिका कमिटीबाट सिफारिस गरिएपछि अध्यक्षको उम्मेदवार छान्न गोला प्रथा गरिएको थियो।
वैशाख ३० हुने निर्वाचनका लागि चंखेली गाउँपालिकाले गोलाप्रथाबाट अध्यक्ष छनोट गरेको माओवादी केन्द्रले जनाएको छ। सो पार्टीले गोलाप्रथामा आकांक्षीमध्ये दुुई जनालाई सहभागी गराउँदा गोविन्दबहादुर शाही ९प्रज्वलन० लाई छनोट गरेको हो।
गोला प्रथामा सहभागी अर्का आकांक्षी सुरवीर ऐडी ९ पीडित० थिए। उक्त गाउँपालिकाबाट माओवादी केन्द्रको कमिटीबाट ८ जना अध्यक्षको आकांक्षी रहेको चंखेली गाउँपालिकामा गोला प्रथा गरी शाहीलाई छनोट गरिएको हो।
अध्यक्षका आकांक्षी गोविन्दबहादुर शाही, कालीबहादुर बुढा, कुलप्रसाद चौलागाईं, अजवीर बुढा, वर्षबहादुर शाही, शेरबहादुर पाल, धुर्बबहादुर शाही, सुरवीर ऐडी रहेका थिए। गोलाप्रथाबाट टिकट वितरण गरेपछि असन्तुष्टि जनाउन थालिएको छ।







