• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एमालेले महानगर र उपमहानगरको उम्मेदवार टुङ्गो आज लगाउने


  •    सुचना डबली डेस्क / २०७९, १० बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १० । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको टुङ्गो आज लगाउँदै छ । भोलि मनोनयन दर्ताको समय भएकाले आजै उम्मेदवारहरूको टुङ्गो लगाउने भएको हो ।

    एमालेलाई ललितपुर, भरतपुर र वीरगंजको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाउन सहज छ । किनभने यी तीन महानगरपालिकाको प्रमुख पदमा एकरएक जना उम्मेदवार सिफारिस भएका छन् । ललितपुरबाट हरिकृष्ण ब्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगंजबाट विजय सरावगीको नाम सिफारिस भएको हो ।

    उपप्रमुख पदका उम्मेदवारहरूको नाम सिफारिस नभएका कारण ती महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लाग्न बाँकी रहेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताएका छन् । अरु तीन महानगरपालिका काठमाडौं, पोखरा र विराटनगरबाट भने प्रमुख र उपप्रमुख पदमा धेरैको नाम सिफारिस भइसकेको छ । सिफारिसको अध्ययन र छानबिन गरेर पार्टी केन्द्रले प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।

    उम्मेदवार टुङ्गो लगाउन सहज पुग्नेगरी यसअघि नै एमालेले मापदण्ड बनाएको छ । सोहीअनुसार उम्मेदवार छनोट हुने गुरुङको भनाइ छ । यस्तै, ११ वटा उपमहानगरपालिकाको प्रमुख÷उपप्रमुख पदका उम्मेदवारहरूको पनि नाम सिफारिस भइसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.