काठमाडौँ, वैशाख १४ । लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। मोरङको रतुवामाई नगरपालिका–३ स्थित नेपाल–भारत सीमा छेउबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ हो ।
पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे रे नगरपालिका–४ का ५३ वर्षीय खड्गबहादुर सिलवाल रहेको प्रहरीले जनाएको छ। सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ७६ प ४६९७ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६८८ ग्राम ब्राउनसुगर बरामद गरी निजलाई नियन्त्रणमा लिइएको हो।
ब्राउनसुगरसहित पक्राउ परेका सिलवानको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको छ।







