• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दुई सातामा उपत्यकाका ६ स्थानमा आगलागी


  •    सुचना डबली डेस्क / २०७९, १५ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १५ । गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन्। यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ। अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ। वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले भने, “हिजो बुधबार हल्चोकको पश्चिमी जंगल र त्रिभुवन विश्वविद्यालयको गेट नजिक भाडीमा आगालागी भएको थियो ।”

    वैशाख २ गते नागार्जुन जंगलमा, ४ गते तार्केश्वर नगरपालिकास्थित शान्तिधाम नजिकैको जंगलमा, १३ गते म्हेपी मन्दिरको जंगल र चोभारको जंगलमा आगलागी भएको थियो। ​तीनदिन अघि शिवपुरीमा लागेको आगो बल्ल नियन्त्रणमा आएको छ।

    दमकलले मात्र सो आगलागी नियन्त्रण गर्न नसकेपछि सिमिक एयरको हेलिकोप्टर प्रयोग गरिएको थियो। सो आगलागीको मुस्लो र धूवाँका कारण उपत्यकाको मौसम धुम्म भएको छ। दमकल कार्यालय प्रमुख श्रेष्ठले कसैले जानेर त कसैले अन्जानमा आगो लगाउँदा जंगलमा ठूलो क्षति भएको बताए। उनका अनुसार अनुसन्धानका क्रममा सबैजसो आगलागीको घटना चुरोट सल्काएर फालेकै कारणबाट हुने गरेको छ।

     

    दिनहुँजसो आगलागीको घटना बढ्न थालेपछि दमकलका कर्मचारी हैरान भएका छन्। एक अग्नि नियन्त्रकले भने, “पछिल्लो १५ दिनमा हामी सुत्नसमेत कठिन भएको छ।” पछिल्लो एक महिनामा १३ स्थानमा आगलागीको घटना भएको दमकल कार्यालयको तथ्यांक छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.