काठमाडौँ, वैशाख १५ । भक्तपुरमा पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ । हामफाल्ने क्रममा छोरा घाइते भएका छन् ।
गए राति मध्यपुरथिमि नगरपालिका–५, कमेरेटारमा मोरङको सुन्दरहरैँचा नगरपालिका घर भई कमेरेटारमा डेरामा बस्दै आएकी ७४ वर्षीया मनमाया तिमिल्सिना र उनका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिनाले पर्खालबाट हामफालेका थिए ।
५० मिटर अग्लो पर्खालमा चढी हामफाल्दा मनमायाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार घाइते भएका मातुरामलाई उपचारका लागि स्थानीय मध्यपुर अस्पतालमा लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि वीर अस्पतालमा पठाइएको छ ।
मृतक आमा र घाइते छोरा मानसिक रोगबाट पीडित रहेको र लामो समयदेखि औषधि सेवन गर्र्दै आएको खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।







