• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रुसको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसी मुद्रा प्रचलनमा ल्याइने


  •    सुचना डबली डेस्क / २०७९, १६ बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १६ । रुसको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसले आफ्नो रुबल मुद्रा प्रचलनमा ल्याउने भएको छ । रुसी नियन्त्रणमा रहेको दक्षिणी युक्रेनको खेर्सन क्षेत्रमा रुसले रुबल मुद्रा प्रचलनमा ल्याउने भएको हो ।

    रुसी नियन्त्रणमा रहेको खेर्सनका सैनिक एवम् नागरिक प्रशासक किरिल स्ट्रेमोसेभलाई उद्धृत गर्दै रुसको रिया नोभोस्ती समाचार संस्थाले जनाएअनुसार आगामी १ मे देखि सो क्षेत्रमा रुबल मुद्रा प्रचलनमा ल्याइनेछ । ‘मे १ देखि हामी रुबल क्षेत्रमा प्रवेश गर्नेछौँ ।’ उनलाई उद्धृत गर्दै रिया नोभोस्तीले जनाएको छ ।

    समाचारमा जनाइएअनुसार चार महिनासम्म सो क्षेत्रमा रुबलका साथै युक्रेनी मुद्रा रिभ्नियालाई पनि चल्न दिइनेछ । यद्यपि चार महिनापछि भने सो क्षेत्रमा रुबलमात्र प्रयोग हुने जनाइएको छ । उनको भनाइको रुसी पक्षबाट आधिकारिक पुष्टि हुन भने बाँकी रहेको छ ।

    यता युक्रेनी पक्षले भने लामो समयसम्म सो क्षेत्रलाई आफ्नो कब्जामा लिन रुसले यस्तो कदम चालेको टिप्पणी गरेको छ । युक्रेनी मानव अधिकारवादी निकायकी लुदमिला डेनिसोभाले यो योजनाको निन्दा गर्दै यसले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुने टिप्पणी गरेकी छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.