• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अफगानिस्तानमा भएको विष्फोटमा परी ५० भन्दा धेरै मानिसको मृत्यु


  •    सुचना डबली डेस्क / २०७९, १७ बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १७ । अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा भएको विष्फोटमा परी ५० भन्दा धेरै मानिसको मृत्यु भएको छ।

    शुक्रबार मस्जिदमा प्रार्थना भइरहेको समयमा उक्त विष्फोट भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। अफगानिस्तानमा मुसलमानको पवित्र महिना रमजानको क्रममा अफगानिस्तानमा एकपछि अर्को विष्फोटमा परी अहिलेसम्म दर्जनौं मानिसको मृत्यु भइसकेको छ।

    समाचारमा उल्लेख गरिएअनुसार शुक्रबार दिउँसो काबुलको पश्चिमी क्षेत्रमा रहेको खलिफा साहिब मस्जिदमा उक्त विष्फोट भएको हो। उक्त मस्जिदमा सयौं मानिसहरु नमाजको लागि जम्मा भएका थिए। मस्जिदका प्रमुखले उक्त विष्फोटमा परी ५० भन्दा धेरै मानिसको मृत्यु भएको बताएका छन्। यद्यपि तालिबानले भने निकै कम संख्यामा मात्र मानिसहरुको मृत्यु भएको बताएको छ।

    तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ता बेसमुल्लाह हबीबका अनुसर यो आक्रमणमा १० जना मानिसको मृत्यु भएको छ। मस्जिदका प्रमुखले यो आक्रमण आत्मघाती हुन सक्ने बताएका छन्। उनका अनुसार नमाज गरुञ्जेल उनी सबैको बीचमा थिए र नमाज सकिनेबित्तिकै यो आक्रमण भएको हो। गत साता कुन्दुज प्रान्तमा पनि यस्तै विष्फोटमा परी बालबालिकासहित ३३ जनाको मृत्यु भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.