काठमाडौँ, वैशाख १८ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिल्टसविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ ।
लखनऊले दिएको १९४ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटलाई ७ विकेट गुमाएर १८९ रन बनाएपछि लखनऊ ६ रनले विजयी भयो । जारी प्रतियोगितामा लनऊको १० खेलबाट १४ अंक पुगेको छ । पराजित भएको दिल्ली भने ८ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । दिल्लीका लागि ऋषव पन्तले ४४ रन बनाउँदा अक्षर पटेलले ४२ रनको नटआउट पारि खेल्दा पनि जित दिलाउन असफल रहे । मिचेल मार्सले ३७ तथा रोभमन पावेलले ३५ रन जोडेका थिए । मोसिन खानले ४ विकेट हात पारेका थिए ।
पहिला व्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ३ विकेट गुमाएर १९५ रन जोडेको थियो । लखनऊका लागि केएल राहुल र दीपक हुड्डाले अर्धशतकीय पारि खेलेका थिए । राहुलले ७७ रन जोड्दा हुड्डाले ५२ रन जोडे । क्वीन्टन डिककले २३ रन जोडेका थिए । सार्दुल ठाकुरले ३ विकेट लिए ।







