काठमाडौँ, वैशाख २२ । २०७५ सालमा एक जनाको हत्या गरी फरार रहेका अभियुक्त ३ वर्षपछि पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका(३२ तीनकुने गैरीगाउँमा तीन जनाले मिलेमतोमा धारिलो हतियार प्रयोग गरी बिक्की थेबे लिम्बुको हत्या गरेका र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएका थिए।
सोही मुद्दाका फरार रहेका सिन्धुली कमलामाई नगरपालिका(१० का २५ वर्षीय मुण्डा भनिने सरोज सुन्दास बुधबार पक्राउ परेका हुन्। आरोपित दुईजना महेश परियार र मनिष बानियाँलाई भने घटना भएकै दिन ०७५ साल मंसिर ८ गते नियन्त्रणमा लिइसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।







