• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

जिम्बाब्वेमाथि नेपालको सहज जित


  •    सुचना डबली डेस्क / २०७९, २४ बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २४ । दोस्रो एकदिवसीय खेलमा शनिबार जिम्बाब्वे ए विरुद्ध नौ विकेटको सहज जित निकालेसँगै नेपालले शृंखला १–१ को बराबरीमा ल्याएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११।२ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

    नेपालको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गरे । यस्तै, अविजित रहेका अर्का ओपनर आसिफ शेखले २१ बलमा ६ चौकासहित ३४ रन बनाउदा विनोद भण्डारीले तीन बलमा एक चौकासहित चार रन बनाए । जिम्बाब्वे ब्रान्डन मभुटाले एक विकेट हात पारे ।

    यसअघि तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामीले कसिलो बलिङ गरेपछि टस हारेपछि ब्याटिङमा निम्त्याइएको जिम्बाब्वे ‘ए’ ले नेपालसामू ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    पहिलो इनिङमा जिम्बाब्वे ‘ए’ ३१.५ ओभरमा ८७ रनमै समेटिएको थियो । जिम्बाब्वेका तीन ब्याटरले मात्र दोहोरो रन जोडेका थिए । जिम्बाब्वेका ओपनर सेफास झुवाओले १० रन बनाउदा जोनाथन क्याम्पबेलले टोलीको खातामा सर्वाधिक २७ रन थपे । यस्तै, अन्तिमसम्म अविजित रहेका ब्राड एभिन्सले २० रन बनाएका थिए ।

    जिम्बावेलाई सस्तैमा समेट्न नेपालका करण र सोमपालले समान तीन विकेट लिएका थिए । समान सात ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै १६ रन खर्चिदा सातै ओभर बलिङ गरेका सोमपालले १६ रन नै खर्चिए । यसबाहेक, कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा सागर ढकालले एक विकेट हात पारे । यसअघि शुक्रबार भएको शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो । शृंखलाको अन्तिम खेल सोमबार हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.