• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने


  •    सुचना डबली डेस्क / २०७९, २६ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २६ । काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ ।

    मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढीपहिरोले आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले पूर्वसावधानीपूर्वक पानीको वितरण कार्य रोकिने जानकारी दिए ।

    उनले कहिलेदेखि कहिलेसम्म मनसुन सक्रिय हुनेबारे मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरूसँग छलफल गरेर पानीको वितरण कार्य रोकिने बताए ।

    गत वर्ष असार १ गते नै मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्सलगायतको संंरचनामा ठूलो क्षति पुगेको स्मरण गर्दै उनले यो वर्ष आयोजनाले थप सतर्कता अपनाउन खोजेको स्पष्ट पारे । उनले भने, “अहिले अस्थायी संरचनाबाट परीक्षणका रूपमा मेलम्चीको पानी काठमाडौँ पठाइएको हो ।

    पुनः बाढीपहिरो आयो भने सुरुङहरू पुरिन सक्छन् । बीस वर्षको लगानी स्वाहा हुन सक्छ । त्यसैले पानीको वितरण रोकिन लागिएको हो ।” यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.