काठमाडौँ, वैशाख २७ । नेकपा एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दैछ । कुटीमण्डपमा हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
एमालेले स्थानीय चुनावका लागि अन्तिम सभा काठमाडौंमा गर्न लागेको हो । आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए ।







