• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पालिका सभा अब संसदीय अभ्यासमा


  •    सुचना डबली डेस्क / २०७९, ३० बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख ३० । स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगरसभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र नगरसभालाई पूर्ण रूपमा संसदीय अभ्यासमै सञ्चालन गर्ने गरी अहिले देखि नै गृहकार्य गरिरहेका छन् । गाउँ र नगरसभा पालिकाको कानुन निर्माण गर्ने संसद् भएकाले सभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन गर्नुपर्ने स्थानीय तहको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधिमा उल्लेख गरि एको छ ।

    २०७४ सालमा निर्वाचित गाउँ र नगरसभाका सदस्य पहिलो पटक निर्वाचित भएकाले संसदीय अभ्यासका बारेमा जानकार थिएन । सुगम स्थानीय तहका के ही पालिकाले निर्वाचन भएको तेस्रो वर्षदेखि मात्र संसदीय मर्मअनुसार गाउँ र नगरसभा सञ्चालन गरे पनि अधिकांश पालिकाका गाउँ तथा नगरसभा संसदीय मर्मअनुसार सञ्चालन हुन सकेका थिएन ।

    गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले २०७९ को स्थानी तहको निर्वाचनबाट बन्ने गाउँ र नगर सभालाई पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन गर्ने गरी अहिलेदेखि नै गृहकार्य भइरहेको बताए । “निर्वाचित जनप्रतिनिधिलाई संसदीय अभ्यासका बारेमा आवश्यक प्रशिक्षण प्रदान गर्ने र सोहीअनुसार पालिकाको सभा सञ्चालन गर्ने गरी महासङ्घले यो जना बनाएको छ,” उनले भने , “पालिकाका लागि आवश्यक कानुन बनाउने गाउँ र नगर सभा स्थानीय संसद् भएकाले संसदीय मर्मअनुसार सभा सञ्चालन गर्नुपर्छ ।”

    उनका अनुसार स्थानीय व्यवस्थापिकाको कार्यमा विधायिकी र गैरविधायिकी गरी दुई प्रकार का काम हुने छ । गाउँ र नगर सभाको विधायिकी कार्यअन्तर्गत कानुन निर्माण गर्ने, कानुन संशोधन गर्ने, गाउँपालिका र नगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल गरी पारि त गर्ने वार्षिक बजेटमाथि छलफल एवं पारित गर्ने विषयमा निर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएलगत्तै प्रशिक्षण प्रदान गरिने छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.