प्यूठान, वैशाख ३१ । मल्लरानी गाउँपालिका १ मा कांग्रेस राजमो उम्मेद्वारको प्यानल विजयी भएका छन् । गठबन्धनको तर्फबाट राजमोका चिन्त वहादुर राहुँ सहितको प्यानल विजयी भएको हो ।
राहुँले ४१८ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी एमालेका उम्मेद्वारले ३५३ मत प्राप्त गरे । यस्तै सदस्यहरुमा राजमोका कमला शर्मा, कृष्णी सार्की, कमल पौडेल, शैलेन्द्र वुढाथोकी विजयी भएका छन् ।







