• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु


  •    सुचना डबली डेस्क / २०७९, १ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ १ । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ। सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्यु हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको नमुना सङ्कलन गरी अध्ययन र अनुसन्धान गर्न थालेको हो।

    चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अध्ययनले अति उच्च उचाइको वातावरणले मानिसको शरीरमा पार्ने प्रभाव र उक्त प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे तथ्य सार्वजनिक गर्ने विश्वास गरिएको छ। सङ्कलित नमुनाको तिब्बतको ल्हासास्थित एक अनुसन्धान संस्थामा अध्ययन गरिनेछ ।

    नेपाल-चीन सीमा क्षेत्रमा अवस्थित सगरमाथा क्षेत्रको वातावरण विश्लेषणका लागि चिनियाँ वैज्ञानिक टोलीले सङ्कलन गरेका नौ सिलिन्डर बरफ र हिउँको नमुना ल्हासास्थित चाइनिज एकेडेमी अफ साइन्सेजमा अध्ययन गर्न थालिएको छ। फरक-फरक तीनवटा नमूना सगरमाथाको चुचुरोबाट सङ्कलन गरिएका हुन् भने बाँकी छ नमुना सात हजार २८ मिटरको उचाइबाट लिइएको चाइना मिडिया समूहले उल्लेख गरेको छ।

    हिमाल आरोहणको क्षेत्रमा संसारको सबैभन्दा उच्च भूभागबाट यसरी नमुना लिएर अध्ययन गर्न थालिएको पहिलो पटक हो। १३ सदस्यीय आरोहण दलले गत साता सगरमाथाको सफल आरोहण गरी ती नमुना संकलन गरेको चिनियाँ सञ्चार संस्थाले जनाएको छ। सङ्कलित सबै नमुना तिब्बत पठारभूमि अनुसन्धान केन्द्रको आइस कोर बैङ्कमा भण्डार गरिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.