काठमाडौँ, जेठ २ । माण्डवी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेद्वार नमराज अधिकारी र उपाध्यक्षमा पुर्ण कालाथोकी विजयी भएका छन् ।अधिकारी माओवादी केन्द्रका हुन् भने कालाथोकि नेपाली कांग्रेसका हुन् ।
विजयी अधिकारीले ३६७६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नेकपा एमालेका श्रीधर रोकाले ३४१९ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा पुर्ण कालाथोकीले ३५८६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सम्झना घर्तिले ३३१२ मत प्राप्त गरिन् ।







