प्यूठान, जेठ २ । स्वर्गद्वारी नगरपालिका वडा नं ४ र ५ मा गठबन्धन विजयी भएको छ । वडा नं ४ मा गठबन्धनका सुवर्ण श्रेष्ठसहितको प्यानल विजयी भएको हो । विजयी श्रेष्ठले ८५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र हमालले ६५३ मत प्राप्त गरे ।
यस्तै वडा नं ५ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गिर बहादुर घर्तिमगरसहितको प्यानल विजयी भएको छ । उनले १२७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका भरत राउतले ५३५ मत प्राप्त गरे ।







