काठमाडौँ, जेठ ४ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४७३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।
२ हजार ८५६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ६ जना र ६ सय १७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २३७ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९२९ पुगेको छ ।
साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् । हाल नेपालमा १ सय ४७ जना कोरोनाका संक्रिय संक्रमितहरु आइसोलेशनमा उपचाररत छन् ।







