• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाठ्यपुस्तक छपाइमा ढिलाइ


  •    सुचना डबली डेस्क / २०७९, १२ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ १२ । शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ नसकिएपछि संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अधिकारीलाई बोलाएर यस विषयमा जवाफ मागेको हो ।

    समितिले पुस्तक छपाइमा भइरहेको ढिलाइप्रति जवाफ मागेपछि केन्द्रका अधिकारीले भने स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको भन्दै पन्छिने प्रयास गरेको छ ।

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समितिको बुधबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपरेको भएकाले र रुस–युक्रेन युद्धका कारण कागज आउन ढिला हुँदा छपाइको काम प्रभावित भएको जनाएका छन् । समितिको बैठकमा उनले गत १० चैतसम्म आइपुग्नुपर्ने कागज अहिले मात्रै आएको जनाएका छन् । कागज आउन ढिलाइ भएकाले असार पहिलो सातासम्म छपाइ सकिने पनि उनको भनाइ छ ।

    झाले २ करोड पुस्तक छाप्नुपर्नेमध्ये करिब ३५ लाख मात्रै पाठ्यपुस्तक छाप्न बाँकी रहेको बताएका छन् । छापिएका पाठ्यपुस्तक ९ जेठदेखि देशभरका नौवटा डिपोबाट वितरण थालिएको र दुर्गम हिमाली र पहाडी जिल्लाका विद्यार्थीलाई प्राथमिकता दिएर वितरण कार्य भइरहेको उनको भनाइ छ । छाप्न बाँकी पाठ्यपुस्तक प्रज्ञा प्रतिष्ठानको छापाखानामा पनि छपाइ गर्ने तयारी भएको उनको भनाइ थियो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.