काठमाडौँ, जेठ १२ । काठमाण्डौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनको मत ६० हजार नजिक पुगेको छ । पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत पाएका छन् ।







