• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ?


  •    सुचना डबली डेस्क / २०७९, १३ जेष्ठ शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ १३ । काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा परेका छन् । बिहीबार साँझपख परेको पानीका कारण अनामनगरका केही क्षेत्र डुबानमा परेका छन् ।

     

    माइतीघर, सिंहदरबार, पुतलीसडक, कपनलगायतका क्षेत्र जलमग्न भएका छन् । ती क्षेत्रमा वर्षाको पानी जम्दा सवारीसाधन आवतजावतमा समेत प्रभाव परेको छ । बुधबार पनि काठमाडौं उपत्यकामा वर्षा भएको थियो । वर्षाका कारण नारायणहिटी क्षेत्रमा समेत सवारी आवतजावतमा प्रभाव परेको थियो । वर्षाको पानीका कारण बिहीबार र बुधबार काठमाडौंमा घण्टौं जाम लागेको थियो ।

    टेकु अनामनगर, सुन्धारा, पुतलीसडक, बानेश्वर, माइतीघर, नाराणहिटीलगायतका क्षेत्रमा अबेरसम्म ट्राफिक जाम भएको थियो । ट्राफिक जाम खुलाउन ट्राफिक प्रहरीलाई हम्मे परेको थियो । काठमाडौं उपत्यकाका ढलको उचित व्यवस्थापन नहुँदा थोरै पानी पर्दा पनि वर्षाको पानी सडकमा जमेर जलमग्न हुने गरेको छ ।

    विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । बढ्दो सहरीकरणसँगै अव्यवस्थित ढल र काठमाडौंमा थुप्रिएको प्लास्टिकलगायत फोहोरका कारण पनि वर्षाको पानी सडकमा जम्ने गरेको छ । सडक किनारामा रहेका ढल फोहोरले टालिएपछि पानी सडकमा जम्ने गरेको छ ।

    ढलको मुख सानो हुने र त्यसमा पनि फोहोरले टालिएपछि वर्षाको पानी सडकमा जमेर जलमग्न हुने गरेको छ । सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदलयात्री समस्यामा परेका छन् । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीसमेत मारमा पर्ने गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.