• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध


  •    सुचना डबली डेस्क / २०७९, १३ जेष्ठ शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ १३ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।

    बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र फलामको पाइपले बाटो अवरोध गरी अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधि र जनताको सहमति बेगर बन्चरे ल्यान्डफिल साइटमा फोहोर ल्याएको भन्दै लगातार अवरोध गरिरहेका छन् ।

    सरकारले हरेक दिन करिब ३ सयको संख्यामा प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिरहेको छ । ‘सुरक्षाको घेराभित्र कतिदिन फोहोर व्यवस्थापन गर्ने हामीले पनि हेर्दैछौं,’ स्थानीय श्रीराम ढुंगानाले भने । उनले भने, ‘तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र यही फागुन २६ गते मन्त्री परिषद्को निर्णयबाट भएका माग सम्बोधन नभएसम्म फोहोर व्यवस्थापन हुन दिँदैनौं ।’

    उनका अनुसार गुठीको नाममा रहेको जग्गा रैकर गर्नुपर्ने करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने, फोहोर व्यवस्थापन गर्न प्रशोधन उद्योग स्थापना गर्नुपर्ने र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने अडान रहेको छ । स्थानीय ढुंगानालगायतको टोलीले बिहीबार शहरी विकास मन्त्रालयका सचिव रमेश सिहसँग कुराकानी गरी तत्काल जनताको माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.