काठमाडौँ, जेठ १४ । ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय तारानाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।







