काठमाडौँ, जेठ १५ । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१/२२ को उपाधि जितेको छ ।
फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १(० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो ।
स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल गरे ।







