काठमाडौँ, जेठ १९ । इटालीलाई पराजित गर्दै फाइनलिसिमा–२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । गएराति वेम्बली स्टेडियममा भएको खेलमा इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डि मारिया र पाउलो डिबालाले एक–एक गोल गरे । खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको थपगरिएको समयमा डि मारियाले टोलीको २–० को अग्रता दोब्बर बनाए । दोस्रो हाफको थप गरिएको समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।
योसँगै अर्जेन्टिना ‘फाइनलिसिमा’ दोस्रोपटक विजेता बनेको छ । फाइनलसिमाको यो तेस्रो संस्करण हो । यसको पहिलो संस्करण फ्रान्स तथा दोस्रो संस्करण अर्जेन्टिनाले जितेका थिए ।







