काठमाडौँ, जेठ २१ । नेपाल ओमानसँग २–० गोल अन्तरमा पराजित भएको छ ।
कतारको सुहिम बिन हामद स्टेडियममा गएराति भएको दुई देशका राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धामा नेपाल २–० गोल अन्तरमा पराजित भएको हो ।
ओमानका लागि ओमार अल मलिकी र इशाम अल सुभीले १-१ गोल गरेका थिए । नेपाली टोली अब थप प्रतिस्पर्धाका लागि कुवेत जाँदै छ ।







