• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आइसीसी विश्वकपको अभ्यास खेलमा नेपालको जित


  •    सुचना डबली डेस्क / २०७९, २२ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ २२ । सोमपाल कामी र रोहित पौडेल चम्किएपछि आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ ।

    नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले ४३.३ ओभरमा सबै विकेट गुमाएर २२१ रनमात्र समेटियो । हरिकेन्सका निनाद निम्बलकारले सर्वाधिक ९९ रन बनाए । यस्तै, रमिज राजा जुनियरले २९ र एन्ड्रिस गोअसले २८ रन बनाए ।

    बलिङमा नेपालका सोमपालले सर्वाधिक पाँच विकेट लिए । यसबाहेक, किशोर महतो र सागर ढकालले समान दुई विकेट लिँदा करण केसीले एक विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउनुअघि २५० रनको योगफल तयार गरेको थियो ।

    नेपालको ब्याटिङमा कप्तानी सम्हालेका रोहितले शतकीय इनिङ खेले । रोहितले ९० बलमा पाँच चौका र चार छक्कासहित एक सय एक रन बनाए । आरिफ सेखले ४१ रन बनाउँदा, देव खनालले १९, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले १३ र करण केसीले १२ रन बनाए ।

    हरिकेन्सका मोहम्मद इल्यासले सर्वाधिक पाँच विकेट लिए । यस्तै, हर्मित सिंहले दुई र हसन रासिदले एक विकेट लिए । यसअघि पहिलो अभ्यास खेलमा नेपाल अल स्टार्ससँग चार विकेटले पराजित भएको थियो ।

    नेपालले अमेरिकामा त्रिदेशीय क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले शृंखलाको पहिलो खेलमा २६ जेठमा ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र १ असारमा अमेरिकाको समना गर्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.