काठमाडौँ, जेठ २६ । नेपालले आज आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा ओमानको सामना गर्दैछ। आयोजक अमेरिकाको टेक्सास शहरमा आयोजना हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजे शुरु हुनेछ।
सिरिजको तयारीका लागि नेपालले अमेरिकामा खेलेको दुई अभ्यास खेलमा एकमा जित र एकमा हार भोगेको थियो। आजको खेलमा नेपाली टिमको समस्या भनेको दुवै प्रमुख ओपनर चोटग्रस्त हुनु हो।
नियमित ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवैलाई अभ्यास खेलका दौरान खुट्टामा चोट लागेपछि यी दुवैले यो खेल गुमाउने सम्भावना छ। त्यसैले नेपालले पूर्वओपनर सुबास खकुरेललाई टिममा बोलाइएको छ।







