काठमाडौँ, जेठ २६ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा बिहीबार दिउँसो दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाईवस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव छन् । वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैजनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले जानकारी दिएअनुसार घटनास्थलमा प्रहरी खटाइएको छ ।







