काठमाडौँ, जेठ २८ । एएफसी एशियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीको देश कुवेतसँग प्रतिष्पर्धा गर्दै छ ।
आयोजकसमेत रहको कुवेतबिरुद्ध नेपाल आज प्रतिष्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १० बजे शुरु हुनेछ ।
यसअघि बलियो टोली जोर्डनबिरुद्ध २–० को पराजय भोगको नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा रहेको छ । त्यसका लागि शनिवार अन्तिम अभ्यास गरेको छ ।







