प्यूठान, असार २ । प्यूठान नगरपालिका १० का मिनराज सुवेदीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
उनले आफुले पढेको विद्यालय डीलेश्वोरी नेराप्रावि सारीबाङमा कक्षा ५ सम्मका विद्यार्थीलाई ८ हजार बराबरको कापी पेन्सिलहरु वितरण गरेका हुन् ।








