काठमाडौँ, असार ७ । सञ्चानरकर्मी रवि लामिछानेले आज असार ७ गते मंगलबारदेखि सञ्चारकर्म त्यागेको घोषणा गर्दै राजनीतिमा होमिएको घोषणा गर्ने भएका छन् ।
केही दिनअघि नै सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएको अनौपचारिक घोषणा गरिसकेको लामिछानेले मंगलबार आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्दैछन् । लामिछानेको पार्टीकै घोषणा गरेर अघि बढ्ने अथवा कसरी भन्ने बारेमा पनि मंगलबार नै घोषणा गर्नेछन् ।
त्यसका लागि लामिछानेले आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ ।







