• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बराह क्षेत्रको बजेट रु ९४ करोड, चालु खर्च ५० करोड ४५ लाख


  •    सुचना डबली डेस्क / २०७९, ८ असार बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार ८ । सुनसरीको बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि ९४ करोड दुई लाख ४१ हजार ९३० को बजेट प्रस्तुत गरेको छ । नगरपालिका प्रमुख रमेश कार्कीले आज दशौँ नगरसभामा आगामी आवका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।

    नगरपालिकाले आन्तरिक आय नौ करोड ५० लाख अनुमान गरिएको छ । संघीय सरकारबाट सशर्त अनुदान ४१ करोड २७ लाख, वित्तीय समानीकरण अनुदान २१ करोड ४८ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट १५ करोड ९४ लाख २३ हजार, प्रदेशबाट वित्तीय र सशर्त गरी एक करोड ८१ लाख ४३ हजार गरेर जम्मा ९४ करोड दुई लाख ४१ हजार ९३० को बजेट विनियोजन गरिएको छ ।

    चालु खर्चमा ५० करोड ४५ लाख छ भने पुँजीगत तर्फमा ४३ करोड ५७ हजार छुट्ट्याइएको छ । पूर्वाधार विकासमा १० करोड ८५ लाख ७२ हजार ९३०, आर्थिक विकासतर्फ पाँच करोड ४२ लाख ८५ हजार, सामाजिक विकास ६ करोड ७८ लाख ५७ हजार, विपद् वन तथा वातावरणमा एक करोड ९० लाख र सुशासन तथा क्षमता विकास दुई करोड १४ लाख २८ हजार विनियोजन गरिएको प्रमुख कार्कीले जानकारी दिए । नगरपालिकाले ‘समृद्ध बराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारा तय गरिएको छ ।

    वातावरणमैत्री नगर निर्माण गर्न ‘एक घर, दुई रुख’ अभियानलाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । रोजगारी प्रवर्द्धन गर्न ‘बेरोजगार युवाका लागि मेयर रोजगार कार्यक्रम’ तय गरिएको छ । महिला सशक्तीकरणको लागि उपमेयर सीप विकास तथा महिला सशक्तीकरण कार्यक्रम सार्वजनिक गरिएको हो । पर्यटन विकासका लागि रामधुनी, चतरा, बराहक्षेत्र, सूर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । कोसी नदीमा जल विहार, जल यातायात र कोसी किनारमा सूर्यास्तको मनोरम दृश्यावलोकनको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । कोसी किनारमा होटेल रेस्टुरेन्टलगायत घोडाघोडी, फिसिङ, स्याण्डबाथ र स्याण्ड भलिबलको प्रवद्र्धनमा जोड दिइने भएको छ ।

    बराहक्षेत्रको दुर्गम मानिएको सूर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकास गरी ठाकुरबारीबाट श्रीलङ्का टप्पु जोड्ने झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ‘एक वडा, एक गौरवका योजना’ र ‘एक वडा, एक खेलमैदान’ र हरेक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ । कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्नेदेखि अव्यवस्थित बसोबास समाधानका लागि समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.