• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सडकमा भेल बग्छ, बाटाे बन्यो धराप


  •    सुचना डबली डेस्क / २०७९, ११ असार शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार ११ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२, कपन बस्ने भीमलादेवी कोइरालाले शुक्रबार बिहान छोरालाई विद्यालय पठाउन सक्नुभएन । १० बजेसम्म सडकमा भेल घट्ला र छोरालाई विद्यालय पठाउँला भन्ने आशमा उहाँ बस्नुभयो । तर भेल घटेन । सोही स्थानमा रहेको नेपाल टेलिकम कार्यालय पछाडि १० वर्षदेखि पसल सञ्चालन गरिरहनुभएकी विमला लुइँटेलको व्यापार नभएको महिनौँ भयो ।

    उहाँ भाडाबापत मासिक २८ हजार रुपियाँ तिर्नुहुन्छ । लुइँटेल बस्ने घरमै रहेका दुईवटा पसलको व्यापार ठप्प भएपछि चैत नलाग्दै सरे । उहाँको पनि व्यापार नभएको धेरै हप्ता बित्यो । सर्लाहीदेखि काठमाडौँ आएर व्यापार गर्न थालेदेखि अहिलेसम्म यस्तो अवस्था आएको थिएन । उहाँले भन्नुभयो, “पसलकै आम्दानीले भाडा तिर्ने हो । एक पैसा पनि आम्दानी नभएपछि पसल सार्नेबाहेक अरू विकल्प रहेन तर पसल कसरी सार्ने भन्ने अर्को चिन्ता छ ।”

    कोइराला र लुइँटेलजस्तै पीडामा हुनुहुन्छ, कपनकै मिलनचोक तरकारी बजारका सम्राटसिंह तामाङ । सडकपेटीमा ठेला राखेर व्यापार गर्ने तामाङले शुक्रबार बिहान तरकारी बेच्न पाउनुभएन । उहाँहरूजस्तै यस क्षेत्रमा १० हजारभन्दा बढी नागरिकको साझा समस्या हो यो । २०७८ पुस १८ गते लुइँटेलको घरअगाडि काठमाडौँ महानगरपालिका–६ र बूढानीलकण्ठ–१०, ११ र १२ लाई समेट्ने आनीगुम्बादेखि धोबीखोलासम्मको सडकमा नाला निर्माणका लागि ७ फिट गहिरो खाडल खनिएको छ । सडक लथालिङ्ग पारिएको छ । जसका कारण उक्त क्षेत्रका दुई दर्जन पसल सञ्चालकले सारेको लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी ल्याउने ठाउँ छैन । सामान बोकेरै लान पनि सम्भव छैन । परिबन्दमा परिरहेका छौँ ।” यो खबर गोरखापत्र दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.