काठमाडौँ, असार २२ । प्रतिनिधि सभाको बुधवारको दोस्रो बैठकले ‘औषधि तेस्रो संशोधन विधेयक २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि ९तेस्रो संशोधन० विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७९’ पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । स्वास्थ्यमन्त्री खापुङले नै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । दुवै प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नको स्वास्थ्यमन्त्री खापुङले जवाफ समेत दिएका छन् ।







