बुटवल। अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट सम्बन्धि अभिमुखिकरण कार्यक्रम सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा सप्पन्न भएको छ ।
बुधबार र बिहीबार गरिएको सो कार्यक्रमको अन्तिम दिन आज बिहीबार कार्यक्रमका प्रमुख प्रशिक्षक सिए विष्णुप्रसाद बेल्बासेले विद्यार्थीलाई प्रोफेस्नल एकाउन्टेन्टसँग सम्बन्धित विभिन्न चरणहरुको बारेमा प्रशिक्षण दिएका हुन् ।
पढाइलाई कोरा किताबी ज्ञानको रुपमा मात्र लिँदा वर्तमान समयमा शिक्षा लिएर पनि सीप र दक्षताको अभावमा युवा पुस्ता बेरोजगार बन्नु परेको अवस्थालाई मध्यनजर गरिको सो अभिमुखिकरण कार्यक्रममार्फत सो क्याम्पसमा अध्ययनरत करिब तीन सय जना विद्यार्थी लाभान्वित भएका छन् ।
क्रान्तिकारीले कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षकहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरेको छ।
कार्यक्रम समापन अखिल क्रान्तिकारी सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई अध्यक्ष हिमाल खनालले गरेका थिए भने संचालन सचिव शिशिर केसीले गरेका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष खनालले “विद्यार्थीलाई सैद्धान्तिक कुराभन्दा व्यवहारिक कुरामा जोड दिन कार्यक्रम आयोजना गरेको र यस्ता कार्यक्रम निरन्तर गरिरहने बताएका छन् ।”







