• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेकपा (माओवादी केन्द्र) स्वर्गद्वारीको दोस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा भट्टराई निर्वाचित


  •    सूचना डबली संवाददाता / २०८१, १४ पुष आईतवार प्रकाशीत

  • Advertisement

    स्वर्गद्वारी, प्यूठान। नेकपा (माओवादी केन्द्र) स्वर्गद्वारी नगर समितिको दोस्रो नगर अधिवेशन उत्साहपूर्वक सम्पन्न भएको छ। अधिवेशनले ५० सदस्यीय नगर समिति चयन गर्दै टेक प्रसाद भट्टराईलाई अध्यक्षमा निर्वाचित गरेको छ।

    उपाध्यक्षमा क्रमश: लक्ष्मी आचार्य, तिलक सुनार र खेमराज विक निर्वाचित भएका छन्। सचिवमा विष्णु खनाल सह-सचिवमा ताराचन्द्र पुन मगर र कोषाध्यक्षमा डिलाराम पाण्डे निर्वाचित भएका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि वर्षमान पुन “अनन्त”ले माओवादी केन्द्रको स्थानीय संगठनलाई थप सबल बनाउन नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले पार्टीको सिद्धान्त, विचार र एजेन्डालाई व्यवहारमा उतार्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए।

    विशेष अतिथिका रूपमा पुर्व संविधान सभा सदस्य तथा प्युठान जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारी, प्रदेश समितिका सचिव कृष्ण अधिकारी (प्रकाश), पूर्व जिल्ला संयोजक रोशन अधिकारी, वर्तमान संयोजक प्रभात के.सी., युवा नेता सुमन श्रेष्ठ, प्रेम विश्वकर्मा, र शुसिला घर्ती मगर लगायतको उपस्थिति रहेको थियो।

    स्थानीय कार्यकर्ता, शुभेच्छुक र नागरिकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न अधिवेशनले संगठनलाई नयाँ उचाइमा पुर्‍याउने योजना अघि बढाएको छ।

    नवनिर्वाचित अध्यक्ष टेक प्रसाद भट्टराईले पार्टीको संगठनलाई बलियो बनाउन तथा स्थानीय मुद्दाहरूको समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.