• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

मल्लरानीमा तेश्रो खाना महोत्सव हुने


  •    सूचना डबली संवाददाता / २०८१, १३ चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, चैत १४ । मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि तेश्रो खाना महोत्सव हुने भएको छ ।

    प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रको आयोजनामा चैत्र ३१ गतेदेखि बैशाख २ गतेसम्म प्यूठानको सदरमुकामको शिरमा रहेको पर्यटकीय क्षेत्र मल्लरानी डाँडामा महोत्सव हुन लागेको हो ।

    महोत्सवमा स्थानीय उत्पादनका अर्गानिक खानाका परिकारहरु, नेवारी खानाका परिकारहरु, स्थानीय जातका कुखुरा, हाँस, खसिबोका, राँगा, बङ्गुर, बदेल, कालिजका विविध परिकारहरु, चाडपर्व विशेषमा बनाइने खानाका परिकारहरु, चामल, कोदो, मकै, जौ, गहुँका विविध परिकारहरु उपलब्ध हुने महोत्सव मुल समारोह समितिका संयोजक तथा बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए ।

    महोत्सवमा स्थानीय कला संस्कृतिको प्रदर्शनी सहित स्थानीय तथा ख्याति प्राप्त कलाकारहरुले सास्कृतिक तथा हाँस्यव्यंग्य प्रहसन प्रस्तुत गर्नेछन् । महोत्सवकै अवसरमा मल्लरानी डान्स आईडल नृत्य प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ ।

    महोत्सव संचालन गर्न आयोजकले विभिन्न उपसमितिहरु गठन गरेको छ । भरतकुमार श्रेष्ठको संयोजकत्वमा कार्यसम्पादन समिति, पशुपति श्रेष्ठको संयोजकत्वमा सचिवालय व्यवस्थापन समिति, इमानसिंह भारतीको संयोजकत्वमा सल्लाहकार समिति, बासुप्रसाद श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

    त्यस्तै लक्ष्मण श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, पशुपति श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, अनिल वि.क.को संयोजकत्वमा मञ्च तथा साउण्ड सिष्टम व्यवस्थापन समिति, बासुप्रसाद श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, लोकेन्द्र सुनारको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन समिति, किरण पन्थीको संयोजकत्वमा पार्कीङ व्यवस्थापन समिति, राजन कक्षपतिको संयोजकत्वमा खाना तथा स्टल व्यवस्थापन समिति, अरुण श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन समिति गठन गरिएको बजार क्षेत्रका सचिव पशुपति श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै सत्यमोहन रानाको संयोजकत्वमा झाँकी ¥याली व्यवस्थापन समिति, दिनेश नकर्मीको संयोजकत्वमा खानेपानी व्यवस्थापन समिति, केशव खड्काको संयोजकत्वमा सरसफाई व्यवस्थापन समिति, रामचन्द्र के.सी.को संयोजकत्वमा प्रायोजक तथा सहयोगी व्यवस्थापन समिति गठन गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.