प्युठान, चैत २१ । सुनको मुल्यमा नयाँ रेकर्ड बनेको छ ।
सुनको आजको कारोबार १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ । यो मुल्य हालसम्मको उच्च हो ।
यसअघि मङ्गलबार सुन तोलामा १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलमा २५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।







