• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

गणतन्त्रको रक्षा गर्नु आजको आवश्यकता : दुर्गा पौडेल


  •    सूचना डबली संवाददाता / २०८२, २८ बैशाख आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान।  “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ” भन्ने मूल नाराका साथ स्वर्गद्वारी नगरपालिका–४, जिमुरपाटामा आयोजित जनचेतना सभामा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले गणतन्त्रको रक्षा गर्नु आजको मुख्य आवश्यकता भएको बताएकी छन्।

    पौडेलले वर्तमानमा देशका ठूला राजनीतिक दलहरूको व्यवहारप्रति जनतामा वितृष्णा देखिएको उल्लेख गर्दै यस्तो अवस्थाले प्रतिगमनकारी तत्वहरूलाई बल मिलिरहेको बताइन्। संघीयता खारेज गरिए मात्र मुलुकको आर्थिक अवस्था सुधार हुने उनको धारणा थियो।

    सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले जाति, भाषा, धर्म र जनसंख्याको आधारमा राजनीति गर्नु मूर्खता भएको बताए। उनले देशमा फैलिरहेको अराजकता प्रति चिन्ता व्यक्त गर्दै सबैलाई सभ्य समाज निर्माणमा सक्रिय हुन आग्रह गरे।

    खड्काले स्वर्गद्वारी मन्दिरजस्तो धार्मिक स्थलको विकासमा स्थानीय, प्रदेश तथा संघ सरकारले समन्वय गरेर सहयोग गर्नुपर्ने बताए।

    कार्यक्रममा जिल्ला संयोजन समितिका अध्यक्ष ज्ञानुरामा न्यौपानेले ठूला पार्टी भएको दम्भ त्यागेर जनताको हित र विकासप्रति प्रतिबद्ध हुन राजनीतिक दलहरूलाई आग्रह गरे। उनले विदेशी प्रभाव होइन, जनताको समस्या समाधानमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

    कार्यक्रममा जलुकेदेखि जिमुरपाटासम्म “गणतन्त्रको रक्षा गरौं, भ्रष्टाचार अन्त्य गरौं” भन्ने नारासहित जुलुस पनि निकालिएको थियो। यसै क्रममा रमेश विष्ट र जुमानसिंह केसी राष्ट्रिय जनमोर्चामा औपचारिक रूपमा प्रवेश गरेका छन्।नगर समितिका अध्यक्ष गिरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, जिल्ला उपाध्यक्ष इमानसिंह सड्का, सदस्य मिनराज राना, पत्रकार, स्थानीय नेताहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नगर उपाध्यक्ष गंगाराम विसीले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.