• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम : पूर्वतयारी र सावधानीमा जोड


  •    रासस / २०८२, ११ जेष्ठ शनिबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौ।  यस वर्ष बर्खायाममा सरदरभन्दा बढी पानी पर्ने, गर्मी पनि उच्च हुने प्रक्षेपणसँगै डेङ्गी सङ्क्रमण पनि थप बढ्न सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेसँगै डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने अनुमान गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम विभागले धेरै पानी पर्ने भनेको अवस्थामा पूर्वानुमान मिल्यो भने त्यसले डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने बताए । पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टेलाई अनुकुल वातावरण बन्छ ।

    डा.दाहालका अनुसार गएको वर्षको तुलनामा अहिले डेङ्गीको कम सङ्क्रमण देखिएको छ । तर अनुकुल वातावरण अब बन्दै जानेछ  । त्यसैअनुसार पूर्वतयारी र सतर्कता अपनाउन डा. दाहालले आग्रह गरे । पानी सङ्कलन हुने टायर, गमला, लामखुट्टे बस्ने झाडीको अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।

    डाक्टरका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गी रोग लाग्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.