प्यूठान। वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नवलपरासीस्थित दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बर्दघाट नगरपालिका–४ मा पर्ने खुर्सानी खोलानजिकको सडक खण्ड गएराति ११ बजेतिर भत्किएपछि दुवै दिशाबाट सवारी आवागमन ठप्प भएको हो।
सडक भत्किएपछि पश्चिमबाट पूर्वतर्फ जान लागेका सवारी साधन बर्दघाट क्षेत्रमा रोकिएका छन् भने पूर्वबाट पश्चिमतर्फ गएका गाडीहरू दुम्किबासस्थित ज्यामिरेमा अड्किएका छन्। यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासीका प्रहरी जवान मोहन शाहीका अनुसार बिहान ८ बजेपछि सडक मर्मतको काम सुरु गरिएको छ। यसअघि पनि उक्त खण्डमा आंशिक रूपमा सडक निर्माण कार्य भइरहेकाले यातायातमा असहजता देखिँदै आएको थियो।
सडक अवरुद्ध हुँदा लामो दूरीका यात्रुहरू अलपत्र परेका छन् भने वैकल्पिक मार्गको व्यवस्था नभएकाले स्थानीय जनजीवनमा समेत असर परेको छ।







