• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अन्तरिम सरकार गठनको प्रक्रिया र सम्भावनाबारे छलफल तीव्र


  •    सुचना डबली डेस्क / २०८२, २७ भाद्र शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौ । अन्तरिम सरकार गठनको प्रक्रिया र सम्भावनाबारे राजधानीमा छलफल तीव्र बनेको छ । तर हालसम्म ठोस निष्कर्षमा पुगिएको छैन।

    आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुगेका थिए। तर राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र ‘जेन–जी’ प्रतिनिधिहरूबीच त्रिपक्षीय भेटवार्ता नबन्ने देखिएपछि सिग्देल शीतलनिवास छोडेर फेरि राष्ट्रपति कार्यालय पुगेका छन्।

    यसअघि राष्ट्रपति पौडेलले समाधानको बाटो खोज्न प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गरेका थिए। साथै अन्तरिम सरकार गठनबारे सरोकारवालासँग छलफल गर्ने जिम्मा आफ्ना सल्लाहकारलाई दिएका छन्।

    गत राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउन सहमति जुटिसकेको बताइन्छ। अन्य विषयमा प्रायः टुंगो लागे पनि ‘जेन–जी’ पक्षले संसद् विघटन आवश्यक भएको अडान राख्दै आएको छ।

    अहिले अन्तरिम सरकार र संसद् सम्बन्धी संवैधानिक प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा परामर्श तीव्र छ। संविधानअनुसार सांसदबाहेकका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिँदैन। निष्कर्ष आएपछि मात्र सबै पक्षबीच प्रत्यक्ष सहमति गर्ने तयारी भइरहेको छ।

    मंगलबार ‘जेन–जी’ आन्दोलन चर्किँदै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.