• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पर्यटक आकर्षित गर्न हुम्डेमा आइस क्लाइम्बिङ


  •     / २०७६, १५ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    १५ फागुन : प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारीको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० वटा मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका धेरै भाग मनाङमा नै पर्दछ । पदयात्राका लागि विभिन्न देशबाट पर्यटकको आगमन हुने गरेको मनाङमा पछिल्ला समयमा स्वदेशी पर्यटक बढ्दै गएका छन् ।पदयात्री मनाङको थोरङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् । थोरङ्ला भञ्ज्याङको उचाइ पाँच हजार ४१६ मिटर छ । यहाँ रहेका हिमताल, अन्नपूर्ण हिमशृङ्खलाका साथै हिमाली जनजीवन, वेशभूषा, संस्कृति, गुम्बा, चाडपर्व लगायतका मौलिक संस्कृति यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।विशेष गरी प्रत्येक वर्ष दुई मौसममा मात्र पर्यटकको विशेष चहलपहल हुने मनाङमा जाडो याममा भने जाडो छल्नका लागि स्थानीयवासी बेँशी वा जिल्लाबाहरि निस्कने गर्दछन् ।

    मङ्सिरको अन्तिम साताबाट फागुनको दोस्रो सातासम्म अत्यधिक चिसो हुने भएकाले यस समयमा यहाँका स्थानीय पोखरा काठमाडौँका साथै देशका विभिन्न शहरमा जाने गरेका छन् ।प्रत्येक वर्ष फागुनको मध्यदेखि जेठसम्म र भदौदेखि मङ्सिरसम्म यहाँ पर्यटकको आगमन हुने गरेको छ । बेंशीशहरबाट शुरु भई मुस्ताङको मुक्तिनाथ हुँदै कास्कीको नयाँ पुल आएर सकिने २१ दिनको यो पदमार्ग पछिल्ला वर्षमा जथाभावी बाटो खन्ने क्रमले छोटिएको छ । अहिले यो पदमार्ग १० दिनमा नै पार गर्न सकिन्छ ।पदयात्रा पर्यटन नेपालको मौलिकता भए पनि जथाभावी बाटो खन्ने क्रमले दिनप्रतिदिन चुनौती थपिँदै गएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताए ।“जथाभावी बाटो खनिने क्रमसँगै पदयात्रा पर्यटन धराशयी बनेको छ”, उनले भने, “भएका पदमार्ग मासिँदै जाने र विकल्प पनि नखोज्ने क्रम कायम रहने हो भने नेपालको समग्र पदयात्रा पर्यटन एकादेशको कथा बन्न बेर छैन ।”

    मनाङ क्षेत्रमा वर्षमा दुई याम मात्रै पर्यटक गइरहेको सन्दर्भमा बाह्रै महिना पर्यटक पु¥याउने लक्ष्यका साथ अन्य प्रयास शुरु गरिएको छ ।मनाङलाई पर्यटनको केन्द्र बनाउँदै यहाँ बाह्रै महिना उनीहरूको आगमन कायम राख्ने उद्देश्यका साथ नेपाल क्लाइम्बिङ टिमले हुम्डेमा साहसिक खेल स्की र आइस क्लाइम्बिङको परीक्षण गरेको प्रशिक्षक समीर थापाले बताए । “हिमाली क्षेत्रमा बाह्रै महिना पर्यटक पु¥याउन आइस क्लाइम्बिङ तथा स्की महत्वपूर्ण हुन सक्छ”, उनले भने, “हिमाली क्षेत्रमा भन्ने गरिएको ‘अफ’ मौसममा यहाँका पर्यटन व्यवसायी लाभान्वित हुन्छन् ।” स्की हिउँमा चिप्लिएर खेलिने खेल भएकाले यो अत्यधिक चिसोको समयमा हिउँ जम्दाका बखत मात्र सम्भव हुन्छ । पाखाभरि सेताम्मै हिउँ त्यही हिउँमा रङ्गीचङ्गी पोशाकमा रहेका स्की खेलाडी खेलेको दृश्य पर्यटकका लागि अर्को नौलो आकर्षण हो ।नेपाल क्लाइम्बिङ टिमले नेपालका धेरै क्षेत्रमा रक क्लाइम्बिङ, आइस क्लाइबिम्ङ क्षेत्र निर्माण गरेको छ । मनाङ आसपासमा आइस क्लाइम्बिङ र स्कीको प्रचूर सम्भावना रहेको र यसलाई आफूहरूले प्राथमिकतामा राखेको नेपाल क्लाइम्बिङ टिमका अध्यक्ष विनायकजंग मल्लले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.