• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

भण्डारीको उद्गमस्थल झुलेनी पर्यटकीय गन्तव्य बन्दै


  •     / २०७६, २५ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

     फागुन २५,२०७६  प्यूठान नगरपालिका–६ मा अवस्थित मनोरम एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण झुलेनी पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । केही उकालो यात्रा पार गरिसकेपछि समथल रहेको सो क्षेत्रमा पुग्न सकिन्छ । बीचमा पोखरी निर्माण गरिएको छ । यहाँबाट प्यूठानका धेरैजसो भूभागसहित विभिन्न ठाउँको समेत अवलोकन गर्न सकिन्छ । सो क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि प्यूठान नगरपालिका, पर्यटन बोर्ड र नौबहिनी गाउँपालिकाले आर्थिक सहयोग गरेका छन् । यी निकायको सहयोगमा सडक पु¥याइएको छ । साथै पोखरी निर्माण, दुई मन्दिर निर्माण, प्रतिक्षालय निर्माण, वरिपरि तारजाली गरिएको झुलेनी संरक्षण तथा पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष माधवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसको संरक्षण र प्रवद्र्धनका लागि प्यूठान नगरपालिकाबाट रु तीन लाख, नौबहिनी गाउँपालिकाबाट रु पाँच लाख र पर्यटन बोर्डबाट रु १० लाख विनियोजन गरी दुई वर्षअघिदेखि विभिन्न काम भइरहेको छ ।

    धनन्जय गोत्रीय भण्डारीको उद्गमस्थल मानिने झुलेनीमा निर्माण गरिएका मन्दिरमा शनिबार धनन्जय ऋषिको मूर्ति र बृन्दवासिनी दुर्गादेवीको पदस्थापना गरिएको छ । ऐतिहासिकस्थल भएकाले यसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि मन्दिर निर्माण गरी पदस्थापनाको काम भएको उहाँले बताउनुभयो । झुलेनीमा पछिल्लो समय भण्डारी बन्धुको उद्गमस्थलसमेत मानिने यो ठाउँ आन्तरिक पर्यटकको थलो पनि बन्दै गएको छ । भौतिक पूर्वाधारको विकासले झुलेनीले केही मुहार फेरे पनि आन्तरिक व्यवस्थापन गर्नका लागि पहल भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार परापूर्वकालदेखि भण्डारी बन्धुहरुले कुलपूजा गर्ने ठाउँ झुलेनी संरक्षण, प्रवद्र्धन र यसको विकासका लागि रु २० लाख बराबर खर्च भएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.