• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मन्त्री हुनु त यस्तो पो !


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    चैत्र ४,२०७६ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उहाँको आँखा पुग्यो । चालकलाई गाडी रोक्न भन्नुभयो । गाडी गतिमा भएकाले रोक्न खोजेको ठाउँभन्दा १०० मिटर टाढा गएर रोकियो ।  गाडी रोकिएपछि दुई अपरिचित आठ÷नौ वर्षका बालिका आएर हामीलाई सुर्खेत लगिदिनोस्, हामी तपाईंलाई पैसा दिन्छौँ भन्दै चालकलाई गुहारे । चालकसँग ती बालिकाको आग्रह सुनेपछि मन्त्री केसीको ध्यान गयो । उहाँले दुवैलाई आपूकहाँ बोलाएर सोध्नुभयो, “नानी कहाँ हो घर ? तिमी दुवै यतिबेला कहाँ जाने हो ? तिमीसँग कोही छैन त ? किन तिमी दुवै यतिखेर एक्लै हिँडेको ?” ती मध्ये एक बालिकाले आत्तिदै भनिन्, “हाम्रो घर भ¥याङ खोरियो हो । त्यहाँबाट तीन घण्टा हिँडेर आएको । हामी सुर्खेत बसपार्क मामाकहाँ जाने हो । अन्य प्रश्नको भने उनले उत्तर दिन चाहिनन् ।”

    पुनः मन्त्री केसीले सोध्नुभयो, “तिम्रो मामाको नाम के हो ? बालिकाले भनिन् थाहा छैन । तिम्रो घरमा बुबाआमा हुनुहुन्न ? सानै छौँ, तिमीहरु भागेर आएजस्तो लाग्छ”, उहाँले प्रतिप्रश्न गर्नुभयो । आत्तिदै बालिकाले रुँदै घरमा कान्छी आमा भएको र उनले गाली गर्ने गरेको सुनाइन् । हातमा प्लाष्टिकको झोलामा केही लत्ताकपडा बोकेकी ती बालिकाले तारन्तार पैसा दिन्छु मामा घर पु¥याइदिन भन्दै आग्रह गरिरहिन । तर बाँकी प्रश्नको उत्तर नदिएपछि मन्त्रीले ‘ठिकै छ तिमीहरुलाई प्रहरी कहाँ बुझाउँछौँ’ भन्नुभयो । यो सुन्नेबित्तिकै दुवै भाग्न कोसिस गरे । पछि उहाँले सम्झाइबुझाई गरेर उनीहरुलाई गाडीमा राख्नुभयो ।कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसी सोमबार भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने स्थानमा सडकमा भेटिएका दुई बालिकाबारे शिक्षिका ललिता बुढाक्षेत्रीबाट जानकारी लिँदै ।

    दुई सय मिटरअघि पुगेपछि सबैजना गाडीबाट ओर्लनुभयो । संयोगवशः त्यहाँनेर दुवै बालिका अध्ययनरत मनिरामकाँडा आधारभूत विद्यालय भेरीगङ्गा नगरपालिका–१ सुर्खेतका शिक्षिका ललिता बुढाक्षेत्री भेटिनुभयो । मन्त्रीज्यू !नमस्कार भन्दै यिनी दुई बालिका भागेर गएको सुन्दा तिनलाई कसरी भेटाउने होला भनेर गाडी कुरेर बसेको बताउनुभयो ।मन्त्री केसीले शिक्षिका बुढाक्षेत्रीलाई दुवै बालिकाको नाम, वतन, ठेगाना सोध्नुभयो । उहाँको प्रश्नको जवाफमा शिक्षिका बुढाक्षेत्रीले दुवै बालिका भेरीगङ्गा नगरपालिका–१ भ¥याङ खोरिया सुर्खेतका नौ वर्षीया दुर्गा सिंह र १० वर्षीया सुकमाया गुरुङ रहेको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गा मनिराकाँडा आधारभूत विद्यालय कक्षा ४ र सुकमाया कक्षा ३ मा अध्ययनरत छन् । उहाँले दुवै बालिका रु ३५० बोकेको र आजको परीक्षा नदिई भागेर पाँच घण्टाको समयमा राजमार्गको सत्तरी भन्ने ठाउँमा पुगेको र परिवारले उनीहरुलार्ई खोजी गरिरेहको जनाउनुभयो ।

    शिक्षिका बुढाक्षेत्री विद्यालयबाट बिदा लिएर सुर्खेत पुग्न करिब तीन घण्टाको पैदलयात्र गरेर राजमार्गमा बेलुका ५ः४० बजे पुग्नुभएको थियो । मन्त्री केसीले बालिकाप्रति निकै दया राखी उनीहरुको उद्धार गरेको भन्दै शिक्षिकाले उहाँप्रति कृतज्ञता प्रकट गर्नुभयो । साँझ परिसकेको र बालिकालाई घर पु¥याउन नसकिने भन्दै मन्त्री केसीले बालिकालाई वीरेन्द्रनगरसम्म उद्धार गरेर शिक्षिका बुढाक्षेत्रीको जिम्मा लगाउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.